आज :

ताजा समाचार

मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

  पुरुषोत्तम ढकाल    २८ मंसिर २०७६, शनिबार १३:४६      111 Views

चितवन : देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख छ ।
निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको सो अवसरमा जानकारी दिइएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य रु ५५ का दरले रु ३३ करोडभन्दा बढी नोक्सान हुने बताउनुभयो । पोख्रेलले व्यवसायीले गएको फागुन यता प्रतिचल्ला रु २५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिनुभयो ।
नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आबश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उहाँले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताउनुभयो । यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने उहाँको भनाइ छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।
ह्याचरी उद्योग सङ्घका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको बताउनुभयो । हाल कृषककोबाट जिउँदो कुखुरा रु १२० देखि १३० प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य रु २६० हाराहारी रहेको छ । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् । दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो रु ५० देखि ५५ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना रु ६० देखि ६५ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय सङ्कटमा परेको बताउनुभयो ।
नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २० अर्ब लगानी रहेको भन्दै लामिछानेले लगानीको आधा हिस्सा बैंकको भएको बताउनुभयो । सरकारले समयमानै सम्बोधन गर्न नसके यो व्यवसाय धारासाही हुने उहाँको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षहरुमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकोमा आर्थिक वर्ष २०७६/०७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको बताउनुभयो । उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ ।
उहाँका अनुसार कुखुराजन्य उत्पादनका सबै क्षेत्र पछिल्ला वर्षहरुमा लागत मूल्य धान्न नसक्दा सङ्कटमा परेका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा रहेको छ । पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झण्डै दुई लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने