काठमाडौँ: फिफाले सार्वजनिक गरेको विश्व बरियतामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले तीन स्थान सुधार गरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा जारी नयाँ बारियताअनुसार नेपाल ९७ औं स्थानमा उक्लिएको छ।
यसअघि एक सयौं स्थानमा रहेको नेपाली महिला टोली भर्खरै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को रजत विजेता हो।
राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतसँग २–० को नतिजामा पराजित भएको थियो।
लगातार आठौं फाइनलमा पुगेर पनि अन्तर्राष्ट्रिय उपाधिबाट वञ्चित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्का र कप्तान निरु थापाले राजीनामा दिएका थिए।