काठमाडौं : आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी बैठकको कार्यसूची तथा बाँकी रहेका एकीकरणका कामको कार्यसूचीमा छलफल गर्न बैठक आज सचिवालय बैठक बस्न लागेको थियो।
यसअघिको सचिवालय बैठकले मंसिर १४ गते उपनिर्वाचन भएका ठाउँबाट समीक्षात्मक प्रतिवेदन बुझाउन सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको थियो। सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्नेछ। प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि उनको अध्यक्षतामा तेस्रो पटक सचिवालय बैठक बस्न लागेको हो।