आज :

ताजा समाचार

आजको मौसमः देशभर हावाहुरीसहित हिमपात र वर्षाको सम्भावना

  पुरुषोत्तम ढकाल    २७ मंसिर २०७६, शुक्रबार ०६:३७      668 Views
काठमाडौँ :  देशभर आज शुक्रबारको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।
देशका पश्चिमी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस