आज :

ताजा समाचार

हेड टु हेड च्यालेन्जबाट अनुष्का पुगिन् उत्कृष्ट ४० मा

  पुरुषोत्तम ढकाल    २५ मंसिर २०७६, बुधबार १५:१०      1809 Views
काठमाडौँ:  मिस  वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै लण्डन पुगेकी अनुष्का श्रेष्ठ उत्कृष्ट ४० मा पुगेकी छिन् ।

हेड टु हेड च्यालेञ्ज जितेर उनी उत्कृष्ट ४० मा पुगेकी हुन् । १२४ दृेशका सुन्दरीहरुबीच डिसेम्बर १४ मा लण्डनमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ ।

दुई चरणमा हुने हेड टु हेड प्रतियोगिताअन्तर्गत अनुष्काले पहिलो चरणमा इन्डोनेसियाकी सुन्दरी र दोस्रो चरणमा मेक्सिकोकी सुन्दरीलाई पछि पारेकी थिइन् ।

मल्टिमिडिया अवार्डमा अनुष्का उत्कृष्ट ३ मा छिन् । यो अवार्ड भोटिङका आधारमा प्रदान गर्ने गरिन्छ ।

अनुष्काले व्युटी विथ प्रपोजमा पनि आफूलाई उत्कृष्ट १० मा पुर्‍याएकी छिन् । उनले मिस नेपालमा नेपालको नाम राख्ने र पर्यटन भित्र्याउन भूमिका खेल्ने बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस