आज :

ताजा समाचार

आइफोनले सात वर्षपछि चार्जिङ केवल हटाउने

  पुरुषोत्तम ढकाल    २५ मंसिर २०७६, बुधबार ०७:५३      121 Views

एजेन्सी :  सात वर्षपछि पहिलोपटक एप्पलले चार्जिङ केबललाई पूर्ण रुपमा हटाउने भएको छ ।

कम्पनीले आगामी आइफोन मोडलका लागि चार्जिङ केबल र पोर्ट हटाइ पूरै वायरलेस प्रविधि अपनाउने एप्पलका वरिष्ठ विश्लेषकले टीएफ इन्टरनेस्नल सेक्युरिटीसँग बताएका हुन् । उनका अनुसार आइफोनका सबैभन्दा महङ्गा मोडललाई बाँकीबाट छुट्याउनका लागि भएपनि कम्पनीले पूर्ण वायरलेस प्रविधि अपनाउनेछ । एप्पलले यसअघि आइफोन ८ का लागि वायरलेस चार्जिङ डक्स ल्याएको थियो ।

एप्पलले आगामी वर्ष आइफोनका पाँचवटा मोडल लन्च गर्ने अनुमान रहेको छ । लिको अनुमान अनुसार कम्पनीले वर्षको बीचतिर ४.७ इन्चको मोडल सार्वजानिक गर्नेछ भने अन्तिम महिनातर्फ फाइभ–जी चल्ने ६.७ इन्चसम्मका मोडल बाहिर ल्याउनेछ । यसअघि जेपी मोर्गन विश्लेषकले एक रिपोर्टमा गरेका अनुमानमा पनि यही जानकारी थियो । एप्पलले भने तत्काल यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

लामो समयसम्म एउटै किसिमको डिजाइनमा आधारित रहँदै आएको एप्पलले आगामी दिनहरुमा आफ्नो व्यापारलाई बुस्ट गर्नकै लागि भएपनि उल्लेखनीय परिवर्तन ल्याउने अधिक सम्भावना रहेको छ । किनकी आइफोन एप्पलको आम्दानीको सबैभन्दा ठूलो श्रोत हो । तर केही समय यता एप्पलको नाफामा गिरावट आएको पाइएको छ । त्यस्तै आइफोनका हेडफोन ज्याक पनि २०१६ मा आइफोन सेभेन पश्चात हटाइएको थियो । त्यसैले आइफोनलाई पूर्ण रुपमा वायरलेस बनाउन यसको चार्ज गर्ने युएसबी–सी पोर्ट पनि हटाउनुपर्ने हुन्छ । जसले यसलाई कुनै होल नभएको पलिो स्मार्टफोन बनाउन सक्छ । त्यस्तै आइफोनले पूर्ण वायरलेस नीति अपनाउन हेडफोन पनि वायरलेस बनाउनुपर्ने हुन्छ ।  सिएनएन 

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने