आज :

ताजा समाचार

जैविक कृषि गाउँपालिका बनाउन कृषि महोत्सव

  पुरुषोत्तम ढकाल    २४ मंसिर २०७६, मंगलवार १४:४८      120 Views

रत्ननगर:  पवित्र तीर्थस्थलका रूपमा परिचित देवघाटमा कृषि महोत्सव गरिने भएको छ । भौगोलिकरूपमा कृषि उत्पादनमा उत्कृष्ट मानिएको गाउँपालिकाले स्थानीय कृषि उत्पादन तथा कृषकलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजनक देवघाट गाउँपालिकाले जानकारी दिएको छ । क्षेत्रफलको हिसाबले ठूलो रहेको गाउँपालिकामा १५ वडा छन् ।

गाउँपालिकालाई आगामी तीन वर्षभित्र अर्ग्यानिक कृषि नमूना गाउँपालिका बनाउने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । जिल्लाको दक्षिणी भेगमा पर्ने उक्त गाउँपालिकामा यही मंसिर २६, २७ र २८ गतेसम्म पहिलोपटक कृषि महोत्सव गरिन लागेको हो । महोत्सवमा ५० बढी कक्ष रहने आयोजकले जानकारी दिएको छ । महोत्वमा दैनिक कृषिजन्य उत्पादनको प्रतियोगितात्मक कार्यक्रम रहने संयोजक पूर्णचन्द्र अधिकारीले बताए ।

कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्न देवघाट गाउँपालिकाले अर्ग्यानिक फलफूल, दलहन, तरकारी, मसलाजन्य वस्तुलगायतका सामान विक्री वितरण पनि महोत्सवमा हुनेछ । महोत्सवमा स्थानीय जातजातिका वेषभूषासहितका सांस्कृतिक कार्यक्रममार्फत अवलोकनकर्तालाई आकर्षित गर्ने आयोजकको तयारी छ । प्राङ्गारिक कृषि खाद्य प्रदर्शनी, स्थानीय खानाका परिकार, स्थानीय माछाको प्रदर्शनी, कृषि तथा पशु प्रदर्शनी, रोटेपिङ, कृषि वृत्तचित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, कृषक र विज्ञबीचको संवाद र दोहोरी प्रतियोगिता महोत्सवको मुख्य आर्कषण बन्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने