आज :

ताजा समाचार

ज्वालामुखी विस्फोटमा ५ जनाको मृत्यु, ८ जना बेपत्ता

  पुरुषोत्तम ढकाल    २४ मंसिर २०७६, मंगलवार ०८:०५      340 Views

न्यूजील्याण्ड :  न्युजील्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ भने अन्य ८ जना हराइरहेका छन् ।

प्रहरीले मृतकको संख्या पुष्टि गरेको छ । सोमबार ह्वाइट आइल्याण्डमा पर्यटकहरु घुम्न गएकै बेलामा ज्वालामुखी विस्फोट भएको थियो ।
३४ मानिस बच्न सफल भएका छन् भने ३१ जनाको अझै अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

न्यूजील्याण्डस्थित बेलायती हाइ कमिस्नर लाउरा क्लर्कका अनुसार उपचार भइरहेकामा दुई जना बेलायती महिला पनि छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनकाअनुसार मृत्यु भएका ५ जना मध्ये ३ जना अष्ट्रेलियन नागरिक भएको अनुमान गरिएको छ । (बीबीसी)


प्रतिक्रिया दिनुहोस