आज :

ताजा समाचार

हृदयघात भइरहेको छ कि छैन, कसरी जान्ने

  पुरुषोत्तम ढकाल    २४ मंसिर २०७६, मंगलवार ०७:२५      740 Views

काठमाडौँ ; जब मुटुमा रगत प्रवाह रोकीन्छ तब हृदयघात हुन्छ । यो बोसो, कोलस्ट्रोल र धमनीहरुमा अन्य पदार्थको कारणले निर्माण हुन्छ। आफ्नो छाती वा पाखुरामा पिडा महसुस हुने वित्तिकै तुरुन्त चिकित्सककोमा जानुपर्छ ।

धेरै मानिसहरु ह्रदय रोगको सुरुवाती लक्षणलाई वास्ता गर्दैनन् र लापरवाहीको नतिजा घातक हुन्छ ।

मनिसहरुमा हृदय रोगले प्रत्येक ६ घटना मध्ये एकमा चेतावनी दिएको हुन्छ । यो बेलायतमा गरिएको सर्वेक्षणमा बताइएको छ ।

कारण

  • धमनी ब्लक हुनु
  • धुम्रपान
  • कोलेस्ट्रोलको मात्रा धेरै हुनु
  • उच्च रक्तचाप
  • धेरै तनाव

लक्षण

  • छाती दुखाई –छातीको चाप, मुटुको बीचमा कडा महसुस
  • सामान्यतया देव्रे हातमा दुखाइ हुन्छ, कसैलाइृ दुवै हातमा पनि दुख्न सक्छ ।
  • घाँटी पछाडि, बंगारा र पेट दुख्ने
  • चक्कर आउने
  • पसिना आउने
  • सास फेर्न गाह्रो हुने
  • बान्ता आउने
  • अप्ठेरो महसुस हुने
  • खोकी लाग्नु
  • जे होस छातीको दुखाइ हार्टअट्याकको कारण हुनसक्छ । केहि मानिसले हल्का दुखाइमात्र महसुस गर्छन् भने महिला,बृद्ध र मधुमेहको विरामीलाई छाती पनि दुखाइ हुँदैन ।

उपचार कसरी गर्ने त

  • इसिजि गरेर
  • औषधी लिइ हाल्ने
  • पेसमेकर को प्योग गर्ने
  • बाइपास सर्जरी
  • मुटुको ट्रान्सप्लान्ट शल्यक्रिया

 

  • एजेन्सीको सयोगमा तयार पारिएको #


प्रतिक्रिया दिनुहोस