आज :

ताजा समाचार

महिला फुटबलमा नेपाललाई पुन: रजत

  पुरुषोत्तम ढकाल    २३ मंसिर २०७६, सोमबार १५:०८      376 Views

पोखरा :  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदक जितेको छ ।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २-० ले पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो ।

भारतविरुद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो ।

भारतको लागि दुवै गोल बाला देवीले गरेकी हुन् ।

महिला फुटबलमा नेपाल पुन: स्वर्ण जित्न असफल भएको छ ।


प्रतिक्रिया दिनुहोस