आज :

ताजा समाचार

न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोट

  पुरुषोत्तम ढकाल    २३ मंसिर २०७६, सोमबार १४:२२      470 Views
काठमाडौँ :  न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोटमा परी कम्तिमा १ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
ज्वालामुखी विस्फोटका कारण केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

उद्दारकर्मीहरुले घाइते भएका २० जनामध्ये केहीको अवस्था गम्भीर छ ।
न्यूजिलाण्डको उत्तरपूर्वी क्षेत्रअन्तर्गत ह्वकारी भनिने ह्वाइट आईल्याण्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको जनाइएको छ ।
ज्वालामुखीबाट पर्यटकहरु बोकेको एउटा डुंगा प्रभावित भएको छ ।
ज्वालामुखी विस्फोट हुँदा उक्त टापुमा दर्जनौं व्यक्ति रहेका जनाइएको छ ।
# एजेन्सी


प्रतिक्रिया दिनुहोस