आज :

ताजा समाचार

अवैध रुपमा तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

  पुरुषोत्तम ढकाल    २३ मंसिर २०७६, सोमबार ०८:०१      1072 Views

काठमाडौँ : प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् ।

सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् ।

उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान नदिँदा तलबभत्ता बुझ्न नरोकिएको हो ।

प्रदेशभरी वित्तिय अनुशासन कायम गर्नुपर्ने निकायका प्रमुख पदाधिकारीले नै अनुशासनहीन प्रदर्शन गर्दै कर्मचारीको तलब व्यक्तिगत खातामा बुझ्ने गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा  छ ।


प्रतिक्रिया दिनुहोस