आज :

ताजा समाचार

यौन क्षमता बढाउन खानुहोस् घरमै पाइने यस्ता खानेकुरा

  पुरुषोत्तम ढकाल    २२ मंसिर २०७६, आईतवार १७:०१      1123 Views
यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ ।

यौन सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने विभिन्न अध्ययनहरुले देखाएका छन्।

यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई पुरा गर्न शक्तिको आवश्यकता पर्दछ । स्वास्थ्य चिकित्सकका अनुसार महिला भन्दा पुरुषमा धेरै यौनशक्ति आवश्यक हुन्छ ।

यौनक्षमता कम हुँदै जानुमा शरीरमा हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । यौन क्षमता बढाउनका लागि खानपान, शारीरिक व्यायाम आदीलाई विशेषा ध्यान दिन जरुरी रहनेछ ।

दुई पार्टनरलाई सनुष्टि हुनका लागि यौन क्रियाकलाप हुन सकेन भने त्यसले सम्बन्धमा समेत समस्या ल्याउन सक्ने हुँदा यौन क्षमतालाई ध्यान दिन जरुरी हुन्छ ।

यदि हामीले आफ्नो दैनिक आहारमा सन्तुलन मिलाउन सकेको खण्डमा त्यसैअनुरूप यौनक्षमता सधैँ सुन्तुलित रहन्छ । यहाँ यौनक्षमतावर्धक ९ वनस्पतिजन्य आहारबारे जानकारी दिइन्छ, जुन सबै मानिसको पहुँचमा छन् र सबै हिसाबले स्वस्थकर छन् ।

१.गाँजर
गाँजरमा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले पुरुषमा शुक्रकीट बढाउँछ । गाँजरको सेवन निरन्तर गर्नाले पुरुषको यौनक्षमतामा वृद्धि हुन्छ ।

२. भिन्डी
भिन्डीमा विभिन्न किसिमका भिटामिन पाइन्छन् । यसको नियमित सेवनले सम्भोगसम्बन्धी समस्यामा कमी आउँछ । साथै, यसले यौनक्षमतामा वृद्धि ल्याउँछ ।

३. गोलभेँडा
गोलभेँडामा पाइने लाइकोपिन तत्त्वले मानिसमा यौनइच्छा बढाउँछ । यसको सेवनबाट पुरुषमा प्रोस्टेट क्यान्सरको खतरासमेत न्यूनीकरण हुन्छ ।

४. लशून
लशूनमा कामोत्तेजक गुण हुन्छ । लशूनको सेवनले रक्तप्रवाहलाई राम्रो बनाउँछ ।

५.प्याज
प्याज स्वास्थ्यका लागि लाभदायी छ । प्याजको सेवनले यौनांगको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौनइच्छा तीव्र बनाउँछ ।

६. काउली
काउलीमा पाइने पौष्टिक तत्त्वले पनि यौनक्षमतामा वृद्दि ल्याउँछ ।

७. गान्टेमूला
गान्टेमूलाबाट नाइट्रेट तत्त्व प्राप्त हुन्छ । यसको सेवनले यौनांगमा रक्तप्रवाहमा सुधार आउनुका साथै यौनक्षमता वृद्धि हुन्छ । गान्टेमूलाको सेवनले हर्मोनमा सन्तुलन ल्याउँछ ।

८. पालुंगोको साग
पालुंगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा वृद्धि ल्याउनुका साथै यौनांगमा रक्तप्रवाहसमेत बढाइदिन्छ । तर, उच्च रक्तचाप हुने व्यक्तिले नियमित मालुंगोको साग खान नहुने बताइन्छ ।

९ .एभोगार्डो

फोलिक एसिड र विटामिन बी६ दुबै एक स्वस्थ सेक्स ड्राइव का लागि आवश्यक छ । फोलिक एसिड शरीरलाई ऊर्जा के साथ पंप गर्न सहयोग गर्छ । जबकि विटामिन बी ६ले हार्मोनलाई स्थिर बनाउँछ ।


प्रतिक्रिया दिनुहोस