आज :

ताजा समाचार

चिसोले खुट्टा फुट्यो ? यस्तो छ घरेलु औषधि

  पुरुषोत्तम ढकाल    २२ मंसिर २०७६, आईतवार १६:४८      1559 Views
चिसोको समयमा अनुहार, ओठ र हातखुट्टा फुस्रो समस्या हुन्छ । जसका कारण छाला फुट्ने गर्छ । चिसोको समयमा हातखुट्टा र अनुहारको छाला मात्र होइन धेरैलाई कुर्कुच्च  तथा पैतला फुट्ने समस्याले पनि सताउँछ ।

कुर्कुच्चा फुट्दा दुख्ने गर्छ । कुर्कुच्चा फुट्दा मानिसको सौन्दर्यतामा पनि ह्रास आउँछ । शरीरका क्याल्सियमको कमी भएमा पैताल तथा कुर्कुच्चा फुट्न थाल्छ । चिसोे फुट्ने पैतला तथा कुर्कुच्चालाई घरेलु उपायबाट पनि समस्या समाधान गर्न सकिन्छ ।

पैतला फुट्ने समस्याको घरेलु उपचार यस्तो छ

पैताले फुटेमा घरमै यसको उपचार र स्याहार गर्न सकिन्छ । सबैभन्दा पहिला खुट्टालाई मनतातो पानीले राम्रोसँग धुनुपर्छ । त्यसपछि तातोपानीले धोएको खुटलाई राम्रोसँग सफा तौलियाले ओसिलो बनाउनु पर्छ ।

त्यसपछि  गुलाबजल, कागतीको रस र गिल्सरिन एउटा भाडामा राखेर मिसाउँने वा घोल्नुहोस् । सो मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा लगाउनुहोस् ।  सो मिश्रण लगाइसकेपछि खुट्टामा मोजा लगाएर सुत्नुहोस् ।

भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टा पखाल्नुहोस् । यो प्रक्रिया दैनिक निरन्तर गरिरहँदा कुर्कुच्चा तथा पैतला फुट्ने समस्या समाधान हुन्छ ।


प्रतिक्रिया दिनुहोस