आज :

ताजा समाचार

१३ औं साग : बङ्गलादेशविरुद्ध फिल्डिङ गर्दै नेपाल

  पुरुषोत्तम ढकाल    २१ मंसिर २०७६, शनिबार ०९:५६      426 Views

काठमाडौं : १३औं सागको पुरुष  क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ राेजेकाे छ । खेल पौने दश बजे त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा शुरु हुनेछ।
जारी सागको क्रिकेटमा स्वर्ण पदक दाबेदार बङ्गलादेशलाई पराजित गर्न सके  फाईनलमा पुग्नेछ। नेपालले यसअघि इमर्जिङ कपमा बङ्गलादेशबिरुद्ध पराजित भएको थियो।
पाँच राष्ट्र सहभागी साग पुरुष क्रिकेटको पहिलो खेलमा नेपाली क्रिकेट टोली श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो। त्यसपछि भने नेपालले भुटान र माल्दिभ्सको क्रिकेट टोलीमाथि सहज जीत निकालिसकेको छ।
शीर्ष दुई टोलीमा पर्न आजको खेलमा नेपालले जसरी पनि जित्नुपर्ने हुन्छ। किनकी स्वर्णको दाबेदार दुई राष्ट्र श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनै बाँकी छ। आजको खेल हारेमा नेपालको स्वर्ण सम्भावना सकिनेछ।
जारी सागमा लगातार तीनवटा खेल जितेर ६ अङ्क जोड्दै श्रीलङ्का अङ्क तालिकाको शीर्ष स्थानमा छ। बङ्गलादेशले २ खेलबाट ४ अङ्क जोडेको छ। यी दुबै राष्ट्रका यु–२३ टोलीले अहिलेसम्म कुनै खेल हारेका छैनन्।
अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले तीन खेलमध्ये दुईमा जीत र एकमा हार ब्यहोर्दै ४ अंक जोडेको छ।  माल्दिभ्स र भुटानले पनि यसअघिका सबै खेलमा पराजय भोगेका छन्।


प्रतिक्रिया दिनुहोस