काठमाडौं: आज पोखरा र जनकपुरमा गरि कूल १८ खेलमा प्रतिस्पर्धा हुनेछ। शनिबार एथ्लेटिक्सको ९ वटा स्वर्णका लागि भिडन्त हुनेछ। बिहान ७ बजे महिला र पुरुष म्याराथन दशरथ रंगशालाबाट सुरु भएकाे छ। आर्चरीकाे ४ वटा स्वर्णका लागि पोखरामा प्रतिस्पर्धा हुनेछ।
महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछन्। कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछन्।
पुरुष फुटबलअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ। यस्तै अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ। पोखरा रंगशालामा हुने खेल दिउँसो ४ बजे हुनेछ।
पुरुष क्रिकेटमा नेपालले बंगलादेशको यू-२३ टिमको सामना गर्नेछ। महिला क्रिकेटमा नेपालले माल्दिभ्सको सामना गर्नेछ।
सुटिङतर्फ फाइनल हुँदैछ। स्क्वासतर्फ पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ। जुडोको खेलको औपचारिक सुरुवात शनिबार हुँदैछ।