आज :

ताजा समाचार

घुस प्रकरणमा मुछिएपछि दोलखाका प्रजिअ गृहमा तानिए

  पुरुषोत्तम ढकाल    २० मंसिर २०७६, शुक्रबार १३:४३      468 Views

काठमाडौं : सेवाग्राहीसँग घुस प्रकरणमा मुछिएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृहमन्त्रालयमा तानिएका छन्।

सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले तानेको हो। गृहप्रवक्ता तथा सहसचिव केदार शर्माले थाहाखबरसँग भने, ‘उहाँलाई दोलखाको प्रजिअको भूमिकाबाट आजैदेखि हटाइएको छ। थप विभागीय कारवाहीका लागि प्रमाण जुटाउँदैछौँ। अहिलेलाई गृहमै तानिसकेका छौँ।’

मेलुङ गाउँपालिका-४ भेड्पुका कुमार लामा मोक्तानको सार्वजनिक मुद्दा मिलाउने भन्दै रिजालले आफ्नै निवासमा बोलाएर एक लाख रकम लिएको आरोप रिजालमाथि लागेको थियो। दोलखाका सिडिओमाथि पैसा लिएर मुद्दा मिलाएको आरोप प्रजिअ रिजालले कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङसँग पनि सार्वजनिक मुद्दा मिलाउने नाममा ३५ हजार घुस लिएको आरोप लागेको छ।

धरौटीबापत १४ हजार लिनुपर्नेमा रिजालले ४९ हजार मागेको दाबी उनीहरुले गरेका थिए। बढी भएको ३५ हजार रकमबारे पत्रकार सम्मलेन गर्ने चेतावनीपछि रिजालले बिहीबार नै फिर्ता गरेको पीडकले दाबी गरेका थिए। प्रजिअ रिजालले भने आफूले बढी रकम नलिएको र फिर्ता पनि नगरेको जिकिर छन्। उनले बढी पैसा लिएर फिर्ता गरेको भन्ने समाचार नियोजित रहेको दावी गरेका थिए।

प्रजिअलाई भ्रष्टचार निवारणको जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी पनि हुन्छ। तर जिल्लाको भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नै पदकै व्यक्ति घुसमा मुछिएपछि गृहले छानबिन थालेको हो।


प्रतिक्रिया दिनुहोस