आज :

ताजा समाचार

भारतको मसलेदार राजनीतिमा ‘प्याज-आतंक’

  पुरुषोत्तम ढकाल    २० मंसिर २०७६, शुक्रबार १३:३८      851 Views

काठमाडौँ : नेपालमा यतिखेर प्याजको भाउ २५० रुपैयाँ हाराहारीमा पुगेको छ।

नेपालमा ब्याप्त प्याज अभावको सबैभन्दा ठूलो दोष भारतमाथि लागेको छ, किनकी नयाँ दिल्लीले असोज दोस्रो सातादेखि प्याज निकासीमा रोक लगाउँदै आएकाे छ ।  तर प्याज अभावले नेपालीको भान्सेलाई जति समस्या पारेको छ, त्यो भन्दा ठूलो तमासा भारतको राजनीतिमै देखिएको छ ।

यतिखेर भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को सरकारमाथि प्याज अभावलाई कारण देखाउँदै आलोचना बढिरहेको छ। वित्तमन्त्री निर्मला सीतारमण यसको प्रमुख निशानामा परेकी छिन्।  केही दिनअघि वित्तमन्त्री निर्मलाले लोकसभामा आफुले खासै प्याज उपभोग नगर्ने र परिवार नै प्याज नखाने पृष्ठभूमीको रहेकाले आफुलाई प्याज अभावले खासै समस्या नपर्ने वयान दिएकी थिईन्। यसलगत्तै उनी चरम विवादमा फसेकी हुन्।

वित्तमन्त्री निर्मलालाई लक्षित गर्दै समाजवादी पार्टीका नेता आजम खानले प्याज मात्र नभई लसुन र मासु उपभोगमा पनि प्रतिबन्ध लगाउनुपर्ने र यसो गर्दा सबैकुरा बचत हुने बताएका छन्।  निर्मला सीतारमणको टिप्पणीलाई लिएर बिहीबारमात्रै कांग्रेस नेता राहुल गान्धीले पनि मोदी सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए। अर्थमन्त्रीको काम आफुले के खाईरहेको छु भन्ने प्रचार गर्नु नभएको बताउँदै राहुलले निर्मलालाई असक्षम भनेका थिए।


प्रतिक्रिया दिनुहोस