काठमाडाैं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ।
सागको छैठौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ। सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ। कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछन्। पदक तालिकामा भारतले ६२ स्वर्णसहित अग्रता बनाएको छ। ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ।