आज :

ताजा समाचार

चिसो बढ्यो, आजको तापक्रम यस वर्षकै न्यून

  पुरुषोत्तम ढकाल    २० मंसिर २०७६, शुक्रबार ०८:१५      325 Views

काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार बिहान यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ।
हिजो बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
न्यूनतम तापक्रम घट्दा चिसो बढेको विभागले जनाएको छ। अहिले देशका पश्चिमी, मध्य र  पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली रहेको मौसमविद मीनकुमार आर्यालले जानकारी दिए।
अर्यालका अनुसार बाँकी भुभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पश्चिमी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भभागमा आंशिक बदली रहने अनुमान विभागले गरेको छ।


प्रतिक्रिया दिनुहोस