आज :

ताजा समाचार

एथलेटिक्सतर्फ नेपालका गोपीचन्द पार्कीले जिते स्वर्ण

  पुरुषोत्तम ढकाल    २० मंसिर २०७६, शुक्रबार १२:४६      307 Views

काठमाडौं । १३औ साग अन्र्तगत आज(शुक्रबार) भएको एथलेटिक्सतर्फ पुरुष पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

नेपालका गोपीचन्द पार्कीले १४ मिनेट ५६ दशमलव २० सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

त्यसैगरी भारतका सुनिल द्वारले १४ मिनेट ५५ दशमलव २१ सेकेण्डमा निर्धारित दुरी पार गरेर रजत पदक हात पारे ।

नेपालकै हरि रिमालले १४ मिनेट ५७ दशमलव शून्य पाँच सेकेण्डमा निर्धारित दुरी पार गरेर कास्य पदक विजयी भए ।


प्रतिक्रिया दिनुहोस