आज :

ताजा समाचार

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, नेकपा ३०, कांग्रेस १३ स्थानमा विजयी

  पुरुषोत्तम ढकाल    १६ मंसिर २०७६, सोमबार १५:५१      258 Views

काठमाडौँ : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ। समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन्।


प्रतिक्रिया दिनुहोस