आज :

ताजा समाचार

कर्णाली विमान खरिदका लागि ३ प्रस्ताव

  पुरुषोत्तम ढकाल    १६ मंसिर २०७६, सोमबार ०७:३९      266 Views
काठमाडौँ : नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान खरिदका लागि ३ प्रस्ताव गरेका छन् ।

निगमका अनुसार बोइङ खरिदका लागि अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन छ । यसैगरी पोल्यान्डको सीएसबीएसन एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरिदका लागि प्रस्ताव गरेका छन् ।

निगमले सोही ३ कम्पनीसँगको समझदारीमा कर्णाली विमान बिक्री प्रक्रिया अगाडि बढाउनेछ ।

निगमले वोइङ–७५७ कर्णाली विमान खरिदका लागि ४८ करोड ४५ लाख रुपैयाँमा बिक्री गर्नेका लागि प्रस्ताव आह्वान गरेको छ ।
करिब १ वर्षदेखि बिक्री गर्ने वोइङ–७५७ एसीबी विमान थन्किएर बसेको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा  छ । 


प्रतिक्रिया दिनुहोस