आज :

ताजा समाचार

ओली र मोदीको सहकार्यबाट जनता लाभान्वित भएको भन्दै मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

  पुरुषोत्तम ढकाल    १५ मंसिर २०७६, आईतवार ०७:११      280 Views

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

उनले प्रम ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप उपचार सेवा र सल्लाहका लागि सहयोग गर्ने तत्परता व्यक्त गरेका छन्  । सन्देशमा मोदीले प्रधानमन्त्रीको नेतृत्व र उनको महत्वपूर्ण साझेदारीबाट दुबै देशका जनता अत्याधिक लाभान्वित भएको स्मरण गरेका छन् ।

साथै उनले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्री ओलीसँग भविष्यमा पनि निरन्तर काम गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 


प्रतिक्रिया दिनुहोस