आज :

ताजा समाचार

काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दै, आज वर्षकै कम

  पुरुषोत्तम ढकाल    १३ मंसिर २०७६, शुक्रबार ०८:५२      272 Views

काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम पछिल्लो केही दिनयता दिनहुँजसो घट्दै गएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ।
शुक्रबार बिहान उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस मापन भएको छ। बिहीबार न्युनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो। बुधबार ८ दशमलब ७ डिग्री सेल्सियस थियो।
दिनहुँ तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भइरहेको छ। देशको पश्चिमी भेगको मौसममा केही दिनदेखि असर पारिरहेको पश्चिमी वायुको प्रभाव शुक्रबार बेलुकीदेखि कमजोर हुँदै जाने महाशाखाले जनाएको छ। दिउँसोपख पश्चिम पहाडका एक÷दुई स्थानमा हल्का पानी पर्ने मौसमविद अर्यालले बताए।
पश्चिमी भेगका उच्च पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै जाने भएकाले शनिबारदेखि भने पश्चिमी भेगको मौसम सफा हुने सम्भावना रहेको अर्यालले बताए। यीबाहेक देशका अन्य स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस