आज :

ताजा समाचार

सरकार र निजी मेडिकल कलेजबीच मध्यरातमा दुई बुँदे सहमति

  पुरुषोत्तम ढकाल    ११ मंसिर २०७६, बुधबार ०६:५५      273 Views

काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । हिजो  राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो ।

उक्त सहमतिअनुसार मेडिकल कजेजले आज  (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ ।

त्यस्तै दुई पक्षीय सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ ।

मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता गर्न नसक्ने अडान दोहोर्याएपछि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्रालयको सो निर्णयपछि निजी मेडिकल सञ्चालकहरु चर्को दबाबमा परेका थिए ।


प्रतिक्रिया दिनुहोस