आज :

ताजा समाचार

सीमा विवादलाई कुटनीतिक बाटोबाट समाधान खोज्न पूर्वराष्ट्रपति यादवको सुझाव

  पुरुषोत्तम ढकाल    ८ मंसिर २०७६, आईतवार १५:४९      405 Views

सिन्धुली । पूर्व राष्ट्रपति डा. रामवरण यादवले भारत र नेपालको सिमा नक्सा विवादमा सरकारले कुटनीतिक रुपमा समाधान खोज्न सुझाव दिएका छन् ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा बोल्दै पूर्व राष्ट्रपति यादवले चीन र भारतको युद्धको समयमा भारतलाई अस्थायी रुपमा कालापानीमा बस्न दिएकोमा अहिले भारतले त्यो हाम्रो भन्नु गलत रहेको टिप्पणी गरे ।
उनले कालापानी मात्र नभई लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र पनि नेपालकै भएकाले यस समस्यालाई सरकारले कुटनीतिक रुपमा समाधान खोज्न सुझाव दिए ।
अर्को प्रसंगमा उनले चुरे वन क्षेत्रको संरक्षणका साथै तराई र भित्री तराईको उर्वराखेती योग्य भूभागको संरक्षण गर्नकालागि आफ्नो कार्यकालमा ल्याईएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबन्दा समग्र चुरे क्षेत्रमा दोहन बढेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस