एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडले सहज जित आत्मसाथ गरेको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले घरेलु मैदानमा रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पाखा लगाएको छ ।
जितसंगै रियलले शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबरी गरेको छ । बार्सा गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।
वैकल्पिक खेलाडीको रुपमा ग्यारेथ वेल मैदान छिरेका थिए । तर उनले मिश्रित किसिमको प्रतिक्रिया पाएका थिए ।
डी सिल्भाको गोलमार्फत पाहुना टोली सोसिडाडले खेलमा अग्रता बनाएको थियो ।
करिम बेन्जिमाले ३७ औ मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए ।
फेडरिको भाल्भर्डेले ४७ औ मिनेटमा घरेलु टोलीलाई २–१ ले अघि बढाए ।
लुका मोड्रिचले ७४ औ मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाएका थिए ।
रियलले १३ खेलबाट २८ अंक जोड्यो । सोसिडाड २३ अंक सहित पाँचौ स्थानमा रह्यो ।