जोसे माउरिन्होले टोटनह्याममा सुखद् डेब्यु गरेका छन्। टोटनह्याम हस्टपरको डेब्यु खेलमा माउरिन्होले वेस्टह्याममाथि ३–२ को जित निकाल्न सफल भए। माउरिन्हो गत बुधबार टोटनह्यामको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएका थिए।
टोटनह्यामको जितमा ह्युङ मिन सन, लुकास मोउरा र कप्तान ह्यारी केनले समान एक गोल गरे। वेस्टह्यामका मिचेल एन्टेनियोले गोल गरे। ३६औं मिनेटमा सनको गोलबाट टोटनह्यामले अग्रता लिएको थियो।
४३औं मिनेटमा लुकास माउराले गोल गरेपछि टोटेह्याम पहिलो हाफमा २–० ले अघि रह्यो।४९औं मिनेटमा कप्तान केनले गोल गरेपछि टोटनह्यामले स्पष्ट अग्रता बनाउन सफल भयो।७४औं मिनेटमा एन्टेनियोले गोल गर्दै वेस्टह्यामलाई खेलमा फर्काउने प्रयास गरेका थिए।
८९औं मिनेटमा घरेलु टोलीका लागि डिक्लेन राइसले गोल गरे पनि भिएआरको सहायतामा गोलले मान्यता पाएन्। इन्ज्युरी समयमा एंगेलो ओग्वनाले गोल गरे पनि टिमले अंक खोस्न भने सकेन। जितसँगै टोटनह्यामले १३ खेलबाट १७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। पराजित वेस्टह्याम ११ अंकसहित १७औं स्थानमा रहेको छ।