आज :

ताजा समाचार

कोलोम्बियामा सरकार विरोधी आन्दोलन झनै चर्कियो, सरकार दमनमा

  पुरुषोत्तम ढकाल    ८ मंसिर २०७६, आईतवार ०७:४३      282 Views

काठमाडौं । कोलोम्बियामा जारी सरकार विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कोलोम्बियाका राष्ट्रपति इभन ड्यसकले विरोध प्रदर्शन जारी रहेसम्म सुरक्षाकर्मी सडकबाट नहट्ने चेतावनी दिएका छन् ।

सुरुमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिएपनि प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि दोहोरो झडप भएको हो ।

राष्ट्रपति ड्यसकले आतंकवाद र तोडफोड सह्य नहुने भन्दै प्रदर्शनलाई हिंसात्मक नबनाउन अपीलसमेत गरेका छन् ।

तीन दिनदेखि जारी सरकार विरोधी प्रदर्शनमा घाइते हुनेहरुको संख्या बढ्दै गएको छ । कोलम्बियालीहरु न्यूनतम ज्याला, पेन्सन र कर सुधारलगायतका माग गदैै आन्दोलन गर्दै आएका छन् ।

त्यसैगरी सने २०१६ मा फर्क विद्रोहीसँग भएको शाीन्त सम्झौताको पालना नभएकोसमेत आरोप लगाएका छन् ।
एजेन्सी 


प्रतिक्रिया दिनुहोस