आज :

ताजा समाचार

भक्तपुरमा प्रेस मिट सेन्टर अफ भक्तपुर को स्थापना

  पुरुषोत्तम ढकाल    ५ मंसिर २०७६, बिहीबार २०:०२      1829 Views

भक्तपुर ।  ग्रेस मिडिया प्रालि द्वारा सन्चालित “प्रेस मिट सेन्टर अफ भक्तपुर” आज विधिवत रुपमा उद्घाटन भयो । कार्यक्रमको उद्घाटन प्रेस काउन्सिलका कार्यकारी अधिकृत झपेन्द्र ढकालले गर्नुभएको थियो । कार्यक्रममा वहाँले अरु क्षेत्रमा जस्तै प्रेसक्षेत्रमा पनि निगरानी र कारवाहीको प्रक्रिया प्रेस काउन्सिल मार्फत निरन्तर जारिरहेको बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष डा. इन्दुल केसी, राष्ट्रपुकार साप्ताहिकका सम्पादक भरत लामिछाने, नेकपाका नेता टीपी उप्रेती लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । प्रेस मिट सेन्टरका अध्यक्ष तथा प्रमुख संरक्षक केशव लुइँटेलले कार्यक्रमकाे सभापतित्व गर्नुभएको थियो ।।

उद्घाटन सत्रपश्चात कार्यक्रमको दोश्रो चरणमा भक्तपुर प्रदेश नं.  १ क मा उम्मेदवार रहेका मध्ये राप्रपाका उम्मेदवार श्याम नेपाल र साझा पार्टीका उम्मेदवार सुरज प्रधानसँग अन्तक्रिया भएको थियो । अन्तक्रियामा सहभागी विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरूले दुबै उम्मेदवारहरूलाई विभिन्न प्रश्न सोधेका थिए ।


प्रतिक्रिया दिनुहोस