आज :

ताजा समाचार

राष्ट्रपतिलाई भेट्न जाँदै प्रम ओली र प्रचण्ड

  पुरुषोत्तम ढकाल    ४ मंसिर २०७६, बुधबार ०७:१८      512 Views
 ४ , मंसिर २०७६, काठमाडौँ , मन्त्रीपरिषद् परिवर्तनको चर्चासँगै आज बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदै छन् ।

बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका दुई अध्यक्ष राष्ट्रपति  भण्डारीलाई भेटन् शीतलनिवास जान लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे    बहालवाला मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस