आज :

ताजा समाचार

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यका लागि सहमति खोज्दै ओली र दाहाल

  पुरुषोत्तम ढकाल    ३ मंसिर २०७६, मंगलवार ०७:१९      573 Views

३ मंसिर २०७६,  काठमाडौँ, मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा जुुटेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल गरेका छन् ।

 

नेकपाको आइतबार सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई जिम्मेवारी दिएपछि ओलीले शीर्ष नेतासँग नै छलफल गरी मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य थालेका छन् ।

 

यो समाचार आजको राजधानी दैनिकमा छ । 


प्रतिक्रिया दिनुहोस