आज :

ताजा समाचार

जेलमा रहेका श्याम परदेशीले बदला लिने भन्दै धम्क्याउँदै

  पुरुषोत्तम ढकाल    २९ कार्तिक २०७६, शुक्रबार ०७:१६      730 Views

२९,कात्तिक, २०७६ काठमाडौं : किर्ते तमसुक गराई २ सय ९९ विपन्न परिवारलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परेदशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन्। परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन्। कुनै तानाबाना बुनेर परदेशी फर्किए आफ्ना दुःख पनि फर्किएलान् भनेर गाउँले त्रसित छन्। ‘दुलोमा पसेको सर्प निस्कियो भने के हुन्छ,’ लालन्दबी नगरपालिका २ की फत्मा खातनुले भनिन्। अहिले पनि परेदशीको मान्छेले बदला लिने भन्दै धम्क्याइरहेको उनले गुनासो गरिन्।

यो खबर आजको नयाँ पत्रिकामा छ। 


प्रतिक्रिया दिनुहोस