आज :

ताजा समाचार

आकाशियो सुनको भाउ, एकै दिन तोलामा ६ सय रुपैँयाले वृद्धि

  पुरुषोत्तम ढकाल    २८ कार्तिक २०७६, बिहीबार १५:४३      673 Views
 २८ कार्तिक २०७६, बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज बढेर प्रतितोला ७२ हजार पुगेको छ । सुनको भाउ एकै दिन प्रतितोला ६ सयले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनअघिदेखी सुनको मूल्य आकासिएको छ । नयाँ रेडर्क बनाउँदै अघि बढेको सुनको मुल्य प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो । सरकारले भन्सार शुल्क बढाएसँगै सुनको भाउ फेरी उकालो लागेको हो ।
सरकारले सुनमा लाग्दै आएको राजस्वमा प्रति १० ग्राममा १ हजार ५ सय र चाँदी प्रति १० ग्राममा १९ रुपैयाँ भन्सारदर बढाएको छ । यससँगै अबका दिनमा सुन तथा चाँदीको मूल्य बढ्ने व्यवसायीहरु बताउँछन् । भन्सारमा भएको वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणीरत्न शाक्य बताए ।
अन्तरराष्ट्रिय मूल्यमा नेपाली श्रमिकको ज्याला, सिप, भन्सार लगायतका कुराहरु जोड्दा सुन साविकको भन्दा २ हजार रुपैयाँ प्रतितोलाले महङिगने उनको भनाई छ । उनका अुनसार सुनचाँदीमा भन्सार कर बढेसँगै यी दुबैको नेपाली बजार मूल्यमा वृद्धि हुने भएको हो ।
Please share us on:


प्रतिक्रिया दिनुहोस