आज :

ताजा समाचार

काभ्रेको धुलिखेल २ उपनिर्वाचनमा चार जना भिड्दै

  पुरुषोत्तम ढकाल    २८ कार्तिक २०७६, बिहीबार १४:०४      626 Views

२८ कार्तिक २०७६,  धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार चार जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपाबाट देवप्रसाद कोईरालाको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसबाट दर्ण बहादुर खत्री, राष्ट्रिय जनता पार्टी नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यलय धुलिखेलले जनाएको छ ।
अगामि मंसिर १४ गते हुने उप निर्वाचनमा धुलिखेल नगरपालिका वडा नं २ मा चार जनाको प्रतिस्पर्धा हुने भएको छ । पुर्व वडा अध्यक्ष राजन कोइरालाको मृत्युभए पछि लामो समय उक्त वडामा वडा अध्यक्षको पद खाली भएको थियो । कोइराला साबिक एमाले बाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस