नेपाल सरकार अान्तरिक राजस्व विभागले बनेपामा कार्तिक २१ गते बिहिवार दिउसाे २ बजे पञ्चकन्या बैङकेटमा कर सचेतनाका लागी सिस्नुपानी नेपालसंगकाे सहकार्यमा विविध हास्यव्यङग्य प्रस्तुती सहितकाे करमैत्री यात्रा कार्यक्रम अायाेजना गर्ने भएकाे छ ।
अान्तरिक राजस्व कार्यालय धुलिखेलकाे उपस्थिती हुने उक्त कार्यक्रममा अाफ्ना करदाताहरूलाइ करकाे बारेमा हास्यव्यङग्य तरिकाले कर सम्बन्धि ज्ञान दिनकाे लागी उक्त कार्यक्रम नेपाल भरी नै संचालन गर्न लागीएकाे हाे । करकाे वारेमा अली फरक प्रस्तुती दिएर ज्ञान हासिल गराउन सकिने र करलाइ करकाे रूपमा नभै रहरकाे रूपमा तिर्ने वातावरण बनाउदै जानुपर्ने माहाेल सिर्जना गर्नु अाजकाे अावस्यकता अनुरुप कार्यक्रम आयोजना गर्न लागिएको हो ।
अान्तरिक राजस्व कार्यालय धुलिखेलले उक्त हुने कार्यक्रकमा अाफ्ना करदाताहरूलाइ अनिवार्य उपस्थिती जनाइ करमैत्री यात्रा सफल बनाउन पनी अनुराेध गरेकाे छ साे कार्यक्रममा प्रबेश शुल्क समेत नलाग्ने अा.रा.का.का प्रमुख कर अधिकृत डमरू पराजुलीले जानकारी दिए ।