आज :

ताजा समाचार

नेकपाका उमेदवारको नाम सार्बजनिक कस्कस्ले मारे बाजि

  रामप्रसाद ढकाल    १७ कार्तिक २०७६, आईतवार २०:४६      708 Views

भक्तपुर १७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपचुनावका लागि आज उम्मेदवार चयन गरेको छ ।

नेकपा सचिवालयको आज बसेको बैठकले भक्तपुर १ (क) मा देवीप्रसाद ढकाल (डि.पि.) लाइ उम्मेदवार बनाएको छ । तेस्तै
कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली लाइ उमेदवार बनाइएको छ । वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् । त्यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बाग्लुङ २ (ख) मा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।


प्रतिक्रिया दिनुहोस