आज :

ताजा समाचार

नेकपाले भक्तपुर उपनिर्वाचनमा महिलासहित ४ जनाको नाम सिफारिस

  रामप्रसाद ढकाल    १६ कार्तिक २०७६, शनिबार ०८:३२      510 Views

भक्तपुर,
भक्तपुरको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यका लागि निर्धारित उपनिर्वाचनका लागि सत्तारुढ़ नेकपाले ४ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । मङ्सिर १४ मा तय भएको उपनिर्वाचनका लागि एक महिला समेत गरि ४ जना आकांक्षीको नाम जिल्ला कमिटिले रिफारिस गरी पठाइएको छ ।
शनिवार विहान डाकिएको सचिवालय बैठकमा उपनिर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा छलफल हुनेछ, निर्णय भएमा भोली नै को उम्मेदवार भन्ने टुंगो लाग्छ ।” श्रोतले भन्यो ।
भक्तपुर जिल्ला पार्टीले सचिव डीपी ढकाल र जिल्ला सदस्यद्वय रमेश बुढाथोकी र मोहनवीर श्रेष्ठको नाम प्रदेश कमिटीमा सिफारीस गरेर पठाएको छ । एक महिलाको नाम पनि अनिवार्य पठाउनुपर्ने व्यवस्था बमोजिम प्रदेश कमिटीले जिल्ला सदस्य नारायणी फुयालको नाम समेत समावेश गरी केन्द्रमा ४ जनाको नाम पठाइदिए पनि प्रतिष्पर्धा भने ढकाल,बुढाथोकी र श्रेष्ठबीच हुने देखिन्छ ।
उम्मेदवारीका लागि सिफारिस गरिएकामा ढकाल पार्टीको प्रदेश कमिटी सदस्य हुन् भने जिल्लामा पार्टी सचिवको हैसियतमा छन् । बौद्धिक नेताको रुपमा परिचय बनाएका ढकाल तत्कालिन अर्थमन्त्री वर्षमान पुनको स्वकीय सचिव समेत रहिसकेका छन् । उनी पूर्व माओबादी नेता हुन् । यस अघिको निर्वाचनमा उनले पार्टीको आधिकारीक उम्मेदवार भएर उम्मेद्वारी दर्ता गराएपनि हरिशरण लामिछानेले बागी उम्मेद्वारी दिएपछि पार्टीको निर्देशनमा ढकाल पछि हटेका थिए । यसपटक उनले उम्मेद्वारी पाउने प्रवल सम्भावना रहेको श्रोतको दावी छ ।
श्रोतका अनुसार ढकाललाई राजनीतिक प्रतिस्पर्धी ठान्ने केहि स्थानीय नेताहरु भने ढकालको बिपक्षमा छन् । पूर्व गाविस अध्यक्ष रहिसकेका मोहनवीर श्रेष्ठ र पूर्व गाविस उपाध्यक्ष रहेका रमेश बुढाथोकीलाई उम्मेद्वारी दिइनुपर्ने भन्दै लविङ्ग भैरहेकोले श्रेष्ठ र बुढाथोकी पनि प्रवल दावेदार देखिएका छन् । पूर्व नेकपा (एमाले ) का श्रेष्ठ र बुढाथोकी मध्ये कसलाई छान्ने भन्ने सकस भने यथावत देखिएको श्रोतको दावी छ । बुढाथोकी राजनीतिकर्मीका साथै निर्माण व्यवसायी समेत हुन् । होटल व्यवसायमा रहेकी फुयालको भने उम्मेदवार हुने ज्यादै न्यून सम्भावना रहेको देखिन्छ ।
सत्तारुढ नेकपालाई भक्तपुरको उपनिर्वाचन जित्नैपर्ने दवाव छ । यस अघि पार्टीबाट निर्वाचित प्रदेश सांसद हरिशरण लामिछानेको ह्दयघातका कारण निधन भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुने भएको हो । जितेको क्षेत्र गुमाउनु परेमा यसले नराम्रो संदेश दिन सक्ने भएकोले यो निर्वाचन नेकपाका लागि निर्वाचन मात्र नभएर नमूना परीक्षा पनि भएको छ ।


प्रतिक्रिया दिनुहोस