कार्तिक १५, काठमाडौं । साँखुमा बिहीबार भएको बस दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोक्नु भएको प्रहरीले जनाएको छ ।
तीन जनाको मृत्यु र ६५ जना घाइते हुनेगरी भएको दुर्घटनाको कारण ओभरलोड भएको निष्कर्ष प्रहरीले निकालेको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बसमा जम्मा २५ जना जति अटाउने क्षमता रहेको बताउदै बसमा ७० जना भन्दा बढी यात्रु राखेको भेटिएको जानकारी दिनुभयो । त्यसैले बस अनियन्त्रित भएको देखिएको उनले बताए ।
उनका अनुसार आमा ह्यल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा घाईते भएकामध्ये ३० जना उपचारपछि घर फर्किएका छन् भने अझै ३५ जनाको उपचार जारी छ । घटनामा मृत्यु हुनेको भने सनाखत भइसकेको छैन ।