आज :

ताजा समाचार

प्रदेश–३ ले कृषिको पकेट क्षेत्रमा ६७ करोड खर्च गर्दै

  Ashok Mahat    १४ कार्तिक २०७६, बिहीबार १३:३०      143 Views

 हेटौंडा :  कृषिको पकेट क्षेत्रको लागि प्रदेश–३ ले चालु आर्थिक वर्षमा करिब ६७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा घोषित नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेटक्षेत्र र ५६ वटा ब्लकलाई ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ ।
घोषित पकेट क्षेत्रमा अन्नबाली, फलफूल तथा तरकारीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न अनुदानका साथै अनुगमन तथा निरीक्षणको लागि तोकिएको बजेट खर्च गरिनेछ । पुराना पकेट क्षेत्रहरुका लागि ११ करोड ८७ लाख छुट्याइएको छ भने नयाँ पकेट क्षेत्रहरुका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै नयाँ ब्लकहरुका लागि चालु अनुदानतर्फ १५ करोड र पुराना ब्लकहरुका लागि ८ करोड ५५ लाख रुपैयाँ चालु अनुदान छुट्याइएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवम् योजना तथा अनुगमन महाशाखा प्रमुख डा. शरणकुमार पाण्डेले जानकारी दिए ।
गत आर्थिक वर्षमा मन्त्रालयले पकेट तथा ब्लकका लागि २८ करोड रुपैयाँ मात्र खर्च गरेकोमा चालु वर्षबाट पकेट तथा ब्लक क्षेत्रको अनुदानमा वृद्धि गरेको जनाएको छ । चालु आबका लागि विभिन्न जिल्लाबाट विशेष गरी तरकारी र फलफूलको पकेट तथा ब्लक स्थापनाका लागि माग आएको थियो ।
विभिन्न कृषि उपजको पकेक्षेत्र माग गरिए पनि मकवानपुरमा तरकारी, आलु मकैको पकेटक्षेत्र स्थापना गरिनेछ भने चितवनमा तरकारी, मौरी, केरा र धानको पकेटक्षेत्र स्थापना गरिनेछ । धादिङमा तरकारी, आलु र मकैको पकेटक्षेत्र रहनेछन् भने नुवाकोटमा पनि सोही बालीको पकेटक्षेत्र घोषणा गरिनेछ ।
रसुवा, ललितपुर, भक्तपुर, काठमाडौंमा तरकारी र आलुको पकेट तथा ब्लक क्षेत्र घोषणा गरिने मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख पाण्डेले बताए । काभ्रेमा तरकारी आलुका साथै अलैंची र कफीको पनि पकेटक्षेत्र हुनेछन् भने सिन्धुपाल्चोकमा तरकारी आलुका साथै मकै र किबीको पकेट तथा ब्लक स्थापना गरिनेछ ।
पाण्डेका अनुसार दोलखामा किबी, तरकारी, आलु र सुन्तलाको पकेटक्षेत्र बनाइनेछ भने आलु र तरकारीको साथै जुनारको पकेट र ब्लक घोषणा गरिनेछ । सिन्धुलीमा अदुवा÷बेसार, जुनार, मकैको पकेटक्षेत्र घोषणा गरी कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने