आज :

ताजा समाचार


माफी माग्दै युट्युबबाट गीत हटाएपछि दुर्गेश थापा रिहा

  Ashok Mahat    ५ कार्तिक २०७६, मंगलवार १५:४९      70 Views

कार्तिक ५, काठमाडौं । विवादास्पद गीतका कारण पक्राउ परेका गायक दुर्गेश थापालाई प्रहरीले छाडेको छ । तिहार गीत भन्दै चिसो बियर भन्ने गीत निकालेका थापाले माफी माग्दै युट्युबबाट गीत हटाएपछि उनी छुटेका हुन ।

महाशाखाका एसएसपी सहकुल थापाले भने,‘‘उनले सार्वजनिक रुपमा माफी माग्ने बताएका छन । युटयुबबाबाट गीत हटाइसकेका छन । आगामी दिनमा सामाजिक मूल्य मान्यताविपरित गीत नगाउने भनेपछि पहिलोपटकलाई छाडेका हौं ।’’

थापाविरुद्ध देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता भत्काउन खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । गीतमा धूमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने आव्हान गरिएपछि चौतर्फी विरोध समेत भएको थियो ।

उनलाई आजै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस