आज :

ताजा समाचार

नेपालकै यो जिल्लामा विवाह गर्नलाई केटा नपाउँदा केटीहरुको जवानी भरिएर त्यसै पोखिन्छ !

  पुरुषोत्तम ढकाल    ५ कार्तिक २०७६, मंगलवार ०६:३६      653 Views

सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६, न्याककी कान्छी गुरुङ (नाम परिवर्तन) २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन ।

उनी भन्छिन्, ‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो ।’ उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेर पुगेका तर नभएका युवती छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् ।

३५ वर्षीया देवानी गुरुङ (नाम परिवर्तन) ले भनिन् , ‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो ?’ छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको भन्दै भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी भएको उनले खुलासा गरिन् । देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन्, ‘बिहे गर्न कसलाई पो मन हुँदैन र !’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन् ।

६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन् । खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन् । न्याकका स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन् । कतिपयले छोरीलाई पढाउँदैनन् । पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको संख्या धेरै छ । अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन् ।


प्रतिक्रिया दिनुहोस