काभ्रे ४ कार्तिक । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नं. ३ भकुण्डेबेशीमा रहेको विन्धवासिनी इट्टा उद्योगमा आन्तरिक राजस्व कार्यालय धुलिखेल छापा मारेको छ ।
गत शुक्रबार राजस्व कार्यालयले अनुगमन गर्ने क्रममा उद्योगले कर छलि गरि इटा बिक्री बितरण गरेको आशङ्कामा कागजातहरुको सुरक्षा गर्न शिलबन्दी गरिएको आन्तरिक राजस्व कार्यालय धुलिखेलका सुचना अधिकारी राम कुमार श्रेष्ठले खुल्ला पोष्टलाइ जानकारि दिए । आन्तरिक राजस्व कार्यालय धुलिखेलले उक्त ईट्टा उद्योगलाई पत्र प्राप्त भएको मितिले तीन दिनमा कार्यालयमा हाजिर हुन भनेको छ । अनुगमन गर्ने क्रममा सो कार्यालय बन्द रहेको पाइएकोले सिल गर्नु परेको जानकारि दिए
कार्यालयले उद्योगसँग सम्बन्धित आवश्यक कागजातहरु आर्थिक वर्ष ०७६,०७७ को खरिद, विक्री, मौजाद खाताहरु लगायत आवश्यक बिल बिजक समेत लिएर आन्तरिक राजस्व कार्यालय धुलिखेल काभ्रेमा हाजिर हुन निर्देशन गरेको छ । काभ्रेको भकुण्डेमा रहेका भट्टाहरुले भ्याट बिल बिना नै बिक्री बितरण गरि राजस्व छली गरेको आशङ्का गरिएको छ ।