आज :

ताजा समाचार

भ्रमण वर्ष प्रवर्द्धन गर्न आङ सान सुकी नेपाल आउने

  पुरुषोत्तम ढकाल    ४ कार्तिक २०७६, सोमबार १६:०७      385 Views

कात्तिक ४, २०७६ काठमाडौं : सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ। राष्ट्रपति विद्या  भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो। सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्‍न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवरद्धनका लागि नेपाल आउने चाहाना राष्ट्रपति समक्ष व्यक्त गरेकी थिइन्। त्यहीकारण सरकारले भ्रमणको पूर्वतयारी अघि बढाइसकेको ज्ञवालीले जानकारी दिए। यद्यपि भ्रमणको मिति भने तय भइसकेको छैन। ‘म्यानमारका स्टेट काउन्सिलर सूचिले नेपाल भ्रमण वर्षको प्रमोशन गर्न नेपाल आउने चाहना व्यक्त गर्नु भएको छ,’ सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, ‘हामीले भ्रमणका लागि प्रबन्ध मिलाउनेछौं ।’मन्त्री ज्ञवालीले उनको भ्रमणको मिति खुलाएनन्।  मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पारे। उनले नेपालले कसैको दबाबमा परेर कुनै पनि सन्धि-सम्झौता नगर्ने पनि दोहोर्‍याए।  राष्ट्रको हितमा उपयुक्त हुने विषयमा मात्रै अन्तराष्ट्रिय सन्धि, सम्झौता गर्ने पनि मन्त्री ज्ञवालीको स्पष्टीकरण थियो । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको पनि बताए।  राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदानसम्बन्धी महत्वपूर्ण सम्झौता भएको थियो।


प्रतिक्रिया दिनुहोस