आज :

ताजा समाचार

बेल र मोड्रीचले च्याम्पियन्स लिगको अर्को खेल पनि गुमाउने

  पुरुषोत्तम ढकाल    ४ कार्तिक २०७६, सोमबार १४:४२      365 Views

 काठमाडौं । रियल म्याड्रिडका स्टार खेलाडीद्वय ग्यारेथ बेल र लुका मोड्रीचले च्याम्पियन्स लिगको अर्को खेल पनि गुमाउने भएका छन् । रियलले मंगलबार राति समूह चरणको तेस्रो खेलमा टर्कीको गालाटासरेको सामना गर्दैछ । शनिबार भएको खेलमा पनि दुवै खेलाडी उपस्थित रहेका थिएनन् । चोटका कारण रियलसँग बेल र मोड्रीचको साथ रहने छैन । च्याम्पियन्स लिगका लागि भने क्रुस, हाजार्ड र कार्भाजल टोलीमा समावेश भएका छन् । च्याम्पियन्स लिगमा यसपटक खराब सुरुवात गरेको रियल अंक तालिकाको पुछारमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस