आज :

ताजा समाचार

विभिन्न तहमा लोकसेवा आयोगले गर्यो एकैपटक ठूलो संख्यामा दर्खास्त आह्वान

  पुरुषोत्तम ढकाल    ३ कार्तिक २०७६, आईतवार १५:३३      604 Views

काठमाडौं। लोकसेवा आयोगले ६८८ कर्मचारीका लागि विज्ञापन गरेको छ । २ सया १६ जन सहसचिव र ४ सय ७२ उपसचिव पदमा गरी ६ सय ८८ जना कर्मचारीका लागि दर्खास्त आह्वान गरेको हो । निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरिएको हो। स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलेका हुन । आयोगले प्राविधिक र अप्राविधिक पदका लागि एकैपटक ठूलो संख्यामा विज्ञापन गरेको छ। योग्यता पुगेकाहरूले मंसिर ३ गतेसम्म दरखास्त दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ । दरखास्त फारम आयोगको वेवसाइटबाट डाउनलोड गर्न सकिन्छ । दरखास्त काठमाडौंस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिरका आयोगका कार्यालयमा पेश गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । दरखास्त शुल्क प्रथम श्रेणीका लागि एक हजार पाँच सय रूपैंयाँ र दोस्रो श्रेणीका लागि एक हजार दुई सय रूपैंया तोकिएको छ।


प्रतिक्रिया दिनुहोस