कात्तिक ३, २०७६ काठमाडौं : स्पेनिस लालिगा फुटबलमा स्पेनिस जाइन्ट बार्सिलोना शिर्ष स्थानमा उक्लीएको छ। अर्को उपाधि दाबेदार क्लब रियल म्याड्रिड भने अप्रत्यासित हारको सिकार हुन पुग्यो। रियल मालोक्क्रासँग १–० ले स्तब्ध हुँदा बार्सिलोनाले भने आइबरलाई ३–० ले पाखा लगायो। पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो। अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन एन्टोनी ग्रिजम्यान, लियोनल मेसी लुइस स्वारेजले गोल गरे। ग्रिजम्यानले १३ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाउँदा दोस्रो गोल ५८ औँ मिनेटमा मेसीले संभव बनाए टिमका लागि तेस्रो गोल स्वारेजले ६६ औँ मिनेटमा गरेका थिए। जितपछि ९ खेलबाट १९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो। रियल पछि पर्यो अप्रत्यासित हारपछि रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलमा शिीर्ष स्थानको बार्सिलोनासँग एक अंकले पछि पर्यो। शनिबार राति भएको खेलमा रियल मड्रिड यो सिजन बढुवा भएर आएको मालोर्कासँग १–० ले पराजित भएको हो। अवे मैदानमा भएको खेलमा पहिलो हाफमै रियल मड्रिडले गोल खान पुगेको थियो। दोस्रो हाफमा रियल मड्रिड १० खेलाडीमा सीमित भयो। सातौँ मिनेटमा लागो जुनियरले गरेको गोल निर्णायक बन्यो। ७४ औँ मिनटमो ओड्रिओजोला दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भएको थियो। पराजयपछि दोस्रो स्थानमा झरेको रियल ९ खेलबाट १८ अंक छ। जित निकालेको मालोर्का ९ खेलबाट १० अंकसहित १४ औँ स्थानमा पुगेको छ। ला लिगा अन्तर्गत शनिबार राति नै भएको खेलमा एथ्लेटिको म्यड्रिड र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन्। यस्तै गेटाफेले लेगानेसलाई २–० ले पराजित गरेको छ।