आज :

ताजा समाचार

सीता एयरको विमान ठूलाे दुर्घटना हुनबाट बच्याे ।

  पुरुषोत्तम ढकाल    २५ आश्विन २०७६, शनिबार १२:३५      527 Views

काठमाडौं । शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको टुइनअटर विमानको पङ्खामा चरा छिरेपछि मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरिएको छ । विमानको पङ्खामा चरा छिरेको थाहा पाएपछि पाइलटले विमान सकुशल अवतरण गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोष भट्टराईले बताए ।

डीएसपी भट्टराईका अनुसार सीता एयरको ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा छिरेको हो । विमानमा १३ जना यात्रु र चालक दलका तीनजना सदस्य रहेको डीएसपी भट्टराईले जानकारी दिए । विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना हुन बाट जाेगिएकाे छ ।


प्रतिक्रिया दिनुहोस