आज :

ताजा समाचार

भारत आइपुगे सि भोलि आइपुग्छन् काठमाडौं

  रामप्रसाद ढकाल    २४ आश्विन २०७६, शुक्रबार १७:१६      473 Views

काठमाडौं – चीनका राष्ट्रपति सी जिनपिङ आज केही बेरअघि भारत अबतरण गरेका छन र भोलि नेपालको भ्रमणका लागि भारतबाट नेपाल प्रस्थान गर्ने छन् ।

उनको आज र भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय अनौपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने भोलि नै उनी नेपाल आइपुग्नेछन् ।
सि र मोदीबीच भारतको महाबलीपुरममा अनौपचारिक भेटवार्ताको कार्यक्रम रहेको छ । उनी भोलि अपरान्ह नेपाल आइपुग्ने कार्यतालिका रहेको छ ।नेपाल र चीनबीच समझदारीका लागि रेल, सडक, ऊर्जा लगायतका थुप्रै विषय प्रस्तावित भए पनि अन्तिम निष्कर्ष निस्कन अझै बाँकी रहेको स्रोतहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस